महालक्ष्मी विकास बैंकबाट बस दुर्घटनाको समय उद्दार कार्यमा खटिने युवा सम्मानित

Dec 05, 2019 05:12 PM Merolagani

महालक्ष्मी विकास बैंकबाट सुनकोशी नदिमा बस खस्दा उद्दार कार्यमा खटिने सोनाम तामाङ सम्मानित भएका छन्।  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त युवालाई १५ हजार रुपैयाँ नगद पुरस्कार सहित सम्मान गरेको हो। 

तामाङले अरनिको सुकुटे बिचमा बस दुर्घटाना भई सुनकोशी नदिमा खस्दा दर्जनौ यात्रीको उद्दार कार्यमा जुटेका थिए। उनी ¥याफटिङ गाइड पनि हुन्। उनको साहासीक कार्यको कदर गर्दै बैंकको खाडीचौर शाखाले सम्मान गरेको छ ।

गत कार्तिक १७ गते मागा देउराली देखी काठमाण्डौंका लागि छुटेको बस सुकुटे बिचमा दुर्घटना भएको थियो।

तामाङको उक्त प्रेरणादायी कार्यको सम्मान गर्दा युवाहरुमा समाज सेवाका लागि थप हौसला मिल्ने विश्वास बैंकले लिएको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।