लक्ष्मी लघुवित्तको साधारण सभा आज, यस्ता छन् मुख्य एजेण्डा

Dec 06, 2019 09:28 AM Merolagani

लक्ष्मी लघुवित्त (LLBS) ले मंसिर २० गते (आज) मर्जर र लाभांश अनुमोदन गर्ने प्रस्ताव राखेर कम्पनीको आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ। लघुवित्तले अग्रवाल भवन कमलपोखरीमा बिहान ११ बजे साधारण सभा बोलाएको हो।

साधारण सभामा लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने ३ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस र कर सहित ११।३२ प्रतिशतले हुन आउने २ करोड ७३ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ।

त्यसैगरी सभामा लघुवित्तले अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिसनमा जानको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने भएको छ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि लघुवित्तले मंसिर ११ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएकाले मंसिर १० गतेसम्म कायम भएका शेयरधनीहरुलेमात्र लघुवित्तले वितरण गर्ने लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।

हाल २४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रस्तावित १५ प्रतिशत बोनस वितरण पश्चात पूँजी २७ करोड ८३ लाख रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।