सुनको मूल्य घट्यो, चाँदीको स्थिर

Dec 06, 2019 11:33 AM Merolagani

सुनको मूल्य मंसिर २० गते शुक्रबार पनि घटेको छ । अघिल्लो दिन बिहीबार तोलामा २०० रुपैयाँले घटेको छापावाला सुन शुक्रबार थप ३०० रुपैयाँले घटेको हो। यसदिन चाँदीको मूल्य भने स्थिर रहेको छ । 

यसदिन सुनको मूल्य अघिल्लो दिन बिहीबारको तुलनामा तोलामा ३०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन ७१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

अघिल्लो दिन बिहीबार पनि छापावाला सुन तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ७२ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७१ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो। 

शुक्रबार सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ। यसदिन चाँदीको मूल्य अघिल्लो दिनकै मूल्य अर्थात् प्रतितोला ८५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।