आईपिओबाट सबैभन्दा ठूलो रकम जुटाउने कम्पनी बन्यो साउदी अरामको, अलीबाबाको रेकर्ड तोड्यो

Dec 06, 2019 11:37 AM Agency

साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अरामको साधारण शेयर (आईपिओ) बाट धेरै रकम जम्मा गर्ने विश्वको पहिलो कम्पनी बनेको छ । बिहीबारसम्म कम्पनीले आईपिओबाट २५ अर्ब ६० करोड डलर जुटाएको बताइएको छ । 

यसभन्दा पहिले चिनीयाँ कम्पनी अलीबाबाले सबैभन्दा धेरै सार्वजनिक निष्काशन गरेर रेकर्ड कायम गरेको थियो । कम्पनीले सन् २०१४ मा अमेरिकामा सूचीकृत भएको समयमा २५ अर्ब डलर जुटाएको थियो । यो विश्वको सबैभन्दा ठूलो आईपिओका रूपमा रहेको थियो ।

रियाद स्टक एक्सचेञ्जमा साउदी अरामकोको शेयर ३२ रियालको सुरुवाती मूल्यमा बेचिने बताइएको छ । यस अनुसार कम्पनीको मूल्यांकन १७ खर्ब डलर हुन जान्छ ।

 

साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अरामको विश्वको सबैभन्दा ठूलो तेल कम्पनी र कच्चा तेलको सबैभन्दा ठूलो निर्यातक पनि हो । विश्वको कच्चा तेलको १० प्रतिशत उत्पादन अरामकोले गर्दै आइरहेको छ ।

मुनाफाको आधारमा अरामको विश्वको सबैभन्दा ठूलो कम्पनी हो । सन् २०१८ मा कम्पनीले १ खर्ब ११ अर्ब डलर नाफा कमाएको थियो । यो एप्पलको भन्दा ४६ प्रतिशतले धेरै हो ।

एप्पल विश्वको सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने सूचीकृत कम्पनी हो । यसैगरी अरामकोको हालको पूँजीकरण एप्पल र माइक्रोसफट्को भन्दा १.५ गुणा धेरै छ । उच्च मुनाफा आर्जन गर्ने कम्पनी रहेकाले पनि यस कम्पनीमा लगानी गर्ने लगानीकर्ताले उच्च प्रतिफल प्राप्त गर्ने सम्भावना रहेको बताइएको छ ।

साउदी अरेबियाले अर्थव्यवस्थामा तेल माथिको परनिर्भरता कम गर्न चाहिरहेको र तेल कम्पनीको शेयर बेचेर अन्य कम्पनीमा लगानी गर्ने योजना रहेको बताइएको छ। आईपिओ ल्याउनुको पछाडि साउदी राजकुमार मोहम्मद बिन सलमानको सुधार योजना अगाडि बढाउने एउटा योजनाबद्ध रणनीति रहेको बताइएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।