फाइनान्स प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ समेत उपस्थितिमा सोह्रौं शाखा कार्यालयको औपचारिक रुपैयाँ सञ्चालनमा आएको हो। यससँगै प्रदेश नम्बर ५ मा फाइनान्सको शाखा संख्या ३ वटा पुगेको छ।
प्रधान कार्यालय हरिहर भवन, ललितपुर रहेको यस फाइनान्सको प्रदेश नम्बर एकमा २ वटा प्रदेश नम्बर दुईमा ५ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउन्टर, प्रदेश नम्बर तीनमा ६ वटा शाखा कार्यालयहरु रहेका छन्।
फाइनान्सले २०७६ आश्विन मसान्तसम्ममा ४ अर्ब १३ करोड निक्षेप संकलन गरि ३ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस अवधिमा २ करोड ३४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको फाइनान्सले जनाएको छ। चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा २३ करोड ७२ लाख रुपैयाँ सञ्चित छ।