एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१ परिपक्क भएपछि उसले पहिलो पटक मंसिर ५ गते ११ गतेसम्म लिलामी बिक्रीमा ल्याएको थियो। सो अवधिमा एक कित्ताका लागि आवेदन नपरेपछि दोस्रो पटक मूल्य घटाएर बिक्रीमा ल्याएको हो।
उक्त ऋणपत्रमा मंसिर २६ गतेसम्म बोलपत्र पेश गर्ने सकिनेछ । न्यूनतम १ हजार इकाइ वो सोभन्दा बढी १०० अंकले भाग जाने संख्यामा वा अधिकतम सम्पूर्ण इकाई खरीदका लागि आवेदन बोलपत्र पेश गर्न सकिनेछ।
एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड–१ ले आफ्नो स्वामित्वमा रहेका ११% एनआईसी एसिया डिबेञ्चर २०८२/८३ को ६० हजार इकाई न्यूनतम १००१ रुपैयाँ, १०.५% एसबीएल डिबेञ्चर २०८२ को ५० हजार इकाई न्यूनतम ९७५ रुपैयाँ, १०% सानिमा डिबेञ्चर २०८५ को ५० हजार इकाई न्यूनतम ९६३ रुपैयाँ, ८% बीओके डिबेञ्चर २०७९ को १० हजार इकाई न्यूनतम ९२७ रुपैयाँ, र ८% इबीएल डिबेञ्चर २०७८ को ४ हजार इकाई न्यूनतम ९३५ रुपैयाँ देखि बढाबढ मूल्यमा खरीद गर्न सक्नेगरि बिक्रीमा ल्याएको हो।
यसअघि फण्डले यी डिबञ्चेरहरुको मूल्य क्रमशः ११% एनआईसी एसिया डिबेञ्चर २०८२/८३ को न्यूनतम १०५४ रुपैयाँ, १०.५% एसबीएल डिबेञ्चर २०८२ को १०२७ रुपैयाँ, १०% सानिमा डिबेञ्चर २०८५ को १०१४ रुपैयाँ, र ८% बीओके डिबेञ्चर २०७९ को १० हजार इकाई र ८% इबीएल डिबेञ्चर २०७८ को ४ हजार इकाइको न्यूनतम १००० रुपैयाँ वा सोभन्दा बढीमा आवेदन गर्न सकिनेगरि बिक्रीमा ल्याएको थियो।
गत कार्तिक २ गते योजनाको अवधि परिपक्क भएपछि इकाईधनीले रकम फिर्ता गर्न फण्डले सो ऋणपत्र बिक्री गर्न लागेको हो।