निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम रोक्न सर्वोच्च अदालतको आदेश

Dec 06, 2019 04:04 PM Merolagani

सर्वोच्च अदालतले बारामा निमार्ण भैरहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम रोक्न सरकारलाई आदेश दिएको छ ।

निजगढ विमानस्थलविरुद्ध परेको रिटमा शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले शुक्रबार काम अघि नबढाउन आदेश दिएको हो ।

विमानस्थल बनाउँदा लाखौं रुख काटिने भएपछि निजगढ बन संरक्षण समितितर्फबाट पूर्वसचिव द्वारिका नाथ ढुंगेल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकीले सर्वोच्चमा रिट दायर गरेका थिए। 

सर्वोच्चले दुबै पक्षलाई अन्तरिम आदेशको छलफलका लागि पनि बोलाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।