साधना लघुवित्तको बोलायो साधारण सभा, आईपिओपछि हकप्रद बिक्री गर्ने

Dec 06, 2019 04:34 PM Merolagani

साधना लघुवित्त (SADHANA) ले आईपीओ निष्काशन पश्चात हकप्रद जारी गर्ने भएको छ। कम्पनीले पुस १२ गते आह्वान गरेको साधारण सभामा आईपीओ पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव राखेको छ।

लघुवित्तले हकप्रद पश्चात कायम चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँको ५० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव लैजाने भएको हो। यसअघि कम्पनीले हालै मात्र ग्लोबल आईएमई क्यापिटलसँग प्राथमिक शेयर जारी गर्न सम्झौता गरिसकेको छ। 

पुस १२ गते बिहान ११ बजे होटेल गोरखा बिसौनीमा आह्वान गरिएको तेस्रो वार्षिक साधारण सभामा ६ विशेष र ४ साधारण गरि १० प्रस्ताव उपर छलफल गरि पारित गर्ने एजेण्डा रहेको छ ।

कम्पनीले ७ लाख ७ हजार ८ सय कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्ने, शेयर संरचना परिवर्तन गरि ६७.५० ३२.५० कायम गर्ने, भविष्यमा कुनै संस्थासँग मर्जर वा प्राप्तिसम्बन्धि सबै निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, वार्षिक प्रतिवेदन नाफा नोक्सान हिसाब लगायतका प्रस्ताव समेत साधारण सभामा रहेका छन्।

गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले तनहुँ जिल्लाको डुम्रेमा केन्द्रीय कार्यालय रहेको आर्थिक सम्वृद्धि लघुवित्तलाई प्राप्ती गरि राष्ट्रिय स्तरको लघुवित्त बनेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।