दुई वाणिज्य बैंक र एक विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 08, 2019 08:08 AM Merolagani

दुई वाणिज्य बैंक र एक विकास बैंकको लाभांश सुरक्षित गर्ने आज (मंसिर २२ गते, आइतबार) अन्तिम दिन हो। यी तीनवटै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २३ गतेदेखि बुक क्लोज गर्ने भएका छन्।

लक्ष्मी बैंक (LBL) ले आर्थिक बर्ष २०७५/७६ को मुनाफाबाट लगानीकर्तालाई वितरण गर्न प्रस्ताव गरेको लाभांश अनुमोदन सहितका प्रस्तावहरु पारित गराउन पुस ६ गते बैंकको १९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको कार्तिक १७ गते आइतबार सम्पन्न २२१ औं बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको सहित ५ प्रतिशत नगद लाभांश गरि कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

पुस ६ गतेको लागि सभा आह्वान गर्दै बैंकले साधारण सभाका लागि मंसिर २३ गते शेयरधनी दर्ता किताब बन्द गर्ने मिति तोकेको छ । यसअनुसार मङ्सिर २२ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन तथा साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड ५ लाख ९ हजार रुपैयाँ रहेको छ। बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ पुग्नेछ।
गत साताको बिहीबार दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता २१७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

त्यसैगरी, सिभिल बैंक (CBL) को ६.५७ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। बैंकले मर्जर तथा एक्विजिसनको कार्य अघि बढाउन र गत आर्थिक वर्षको मुनाफबाट घोषणा गरेको लाभांश पारित गर्न पुस ६ गते, आइतबार नवौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।

बैंकको साधारण सभा अमृतभोग, कालिकास्थान डिल्लीबजारमा बिहान ११ बजे सुरु हुनेछ। सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्नेरगाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र ६.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा नगद लाभांश वितरण प्रयोजनको लागि बैंकले मंसिर २३ गतेदेखि सभा सम्पन्न नभएसम्मका लागि शेयरधनी दर्ता किताब बन्द गर्नेछ। मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा नगद लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकको शेयर रजिष्ट्रार सिभिल क्यापिटल लिमिटेड रहेको छ।

गत साताको बिहीबार दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता १४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

मुक्तिनाथ विकास बैंक (MNBBL) ले पनि साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २३ गते सोमबारदेखि बुक क्लोज गर्ने भएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने र सामुहिक लगानी कोष स्थापना गरी कोष प्रवद्र्धकको कार्य गर्ने प्रस्तावसहित मंसिर ३० गते साधारण सभा आयोजना गर्ने भएको छ। विकास बैंकको तेह्रौं वार्षिक साधारण सभा होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा पोखरामा हुनेछ।

साधारण सभामा बैंकले हालै निष्काशन गरेको २० प्रतिशत हकप्रदले समेत पाउने गरि १७.६० प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनार्थ ०.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। त्यसैगरी सभामा बैंकले मर्जर तथा एक्वीजिसनको लागि उपयुक्त बैंक तथा वित्तीय संस्था पहिचान गर्न, सहमतिपत्रमा हस्ताक्षर गर्न राष्ट्र बैंकमा सनवेदन दिन, तथा मुल्याँकनकर्ता नियुक्त गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने भएको छ।

हाल ३ अर्ब ६७ करोड ७७ लाख चुक्ता पूँजी रहेको बैंकको प्रस्तावित बोनस वितरण पश्चात ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

गत साताको बिहीबार दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता ३१५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।