बैंकले वरिष्ठ सहायकमा ५ जना र सहायकमा ५ जना गरी कूल १० जना कर्मचारी मागेको हो। यी दुबै पदका लागि प्रदेश दुईका स्थानिय बासिन्दाहरुले मात्र आवेदन दिन सक्नेछन्। आवेदकहरु ३० वर्ष ननाघेका र स्नातक तह उत्तीण गरेका हुनुपर्ने बैंकले जनाएको छ।
वरिष्ठ सहायक पदका आवेदन दिनका लागि न्यूनतम ३ वर्ष जुनियर एसिस्टेन्ट भएर कार्य गरेको अनुभव आवश्यक पर्दछ। त्यसैगरी, सहायक पदको लागि जुनियर एसिस्टेन्ट अथवा ट्रेनी जुनियर एसिस्टेन्ट भएर न्यूनतम साढे १ वर्ष कार्य गरेकाहरुले आवेदन दिन सक्नेछन्।
इच्छुक व्यक्तिहरुले १५ दिनभित्र बैंकमा इमेलमार्फत सम्पर्क गर्नुपर्नेछ।