दुई लघुवित्तको मूल्य समायोजन

Dec 08, 2019 10:16 AM Merolagani

चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ।

यी दुबै लघुवित्तले गत आवको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि बुकक्लोजसँगै नेप्सेले मंसिर २२ गते आइतबार शेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले चौतारी लघुवित्त (CHLBS) को ७ प्रतिशत बोनस समायोजन गरि प्रतिकित्ता ४३३ रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ।

आरम्भ लघुवित्तसंग मर्जर प्रक्रियामा रहेको चौतारीले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित १०.८९ प्रतिशत नगद लाभांश पारित गर्न आगामी पुस ९ गते दियालो फुडल्याण्ड, बुटवलमा वार्षिक साधारण सभा बोलाएको छ। जसका लागि लघुवित्तले आइतबारदेखि बुकक्लोज गरेको हो।

सभाले दुई लघुवित्त १ बराबर १ शेयर आदानप्रदान अनुपातमा मर्ज हुने, मर्जर पश्चात आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने, एकीकृत लघुवित्तको शेयर स्वामित्व संस्थापकको ६३.६६ र सर्वसाधारणको ३६.३४ प्रतिशत कायम गर्ने र कार्यक्षेत्र वृद्धि गरी राष्ट्रिय स्तरको बन्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

हाल १८ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको चौतारी लघुवित्तको बोनस वितरणपश्चात पूँजी १९ करोड ९० लाख रुपैयाँ पुग्नेछ।

त्यसैगरी, त्रिलोक लघुवित्तसंग मर्जर प्रक्रियामा रहेको सूर्योदय लघुवित्त (SLBS) को पनि यस दिन नेप्सेले मूल्य समायोजन गरेको छ।

नेप्सेले सूर्योदय लघुवित्तको ४४.४८ प्रतिशत बोनस समायोजन गरि प्रतिकित्ता ५४८ रुपैयाँ ८७ पैसा निर्धारण गरेको छ।

लघुवित्तले मर्जर तथा लाभांशको प्रस्ताव पारित गर्न पुस ५ गते साधारण सभा डाकेको छ।
लघुवित्तको साधारण सभा जिल्ला समन्वय समिति स्याङ्जाको सभाहलमा बिहान ८ बजे सुरु हुनेछ।

सभाले बोनस वितरणपश्चात सूर्योदयले त्रिलोकलाई १ बराबर ०.९७ शेयर स्वाप अनुपातमा मर्ज गर्ने, मर्जरपश्चात सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट वित्तीय कारोबार गर्ने र बोनस वितरण तथा मर्जरपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ७९ लाख रहेको छ। ४४.४७७८ प्रतिशत बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी १५ करोड ५९ लाख पुग्नेछ।

आइतबार यहि समायोजित मूल्यलाई आधार मानेर दुबै लघुवित्तको शेयर कारोबार सुचारु हुनेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।