एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ द्वारा इकाइधनीलाई हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह

Dec 13, 2019 06:11 PM Merolagani

सामूहिक लगानी कोष एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ परिपक्क भएसँगै कोषले इकाईमा लगानी गरेका लगानीकर्ताहरुलाई लगानी रकम फिर्ता लिन हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ। 

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित उक्त फण्ड गत कार्तिक २ गतेबाट परिपक्क भएसँगै सामुहिक लगानी  कोष नियमावली २०६७ मा भएको व्यवस्था अनुसार तीन महिनाभित्र रकम फिर्ता गर्नुपर्ने भएकाले इकाइधनीहरुलाई रकम फिर्ता दिन हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न भनेको हो।

रकम फिर्ताको लागि इकाई अभौतिकिकरण गराएका र हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुलाई सिधै बैंक खातामा रकम भुक्तानी गरिने छ भने अझैसम्म पनि भौतिक रुपमा इकाई धारण गरेका इकाइधनीहरुले आफ्नो तिनपुस्ते विवरणको निवेदन सहित भैातिक प्रमाणपत्र एनएमबि क्यापिटलमा पेश गर्नुपर्नेछ।

त्यस्तै फण्डले वितरण गरेको नगद लाभांश लिन बाँकी रहेका इकाइधनीहरुलाई समेत क्यापिटलमार्फत एकाउन्ट पेइ चेक लिन आग्रह गरेको छ। इकाई धितोबन्धकी राखेका इकाइधनीहरुलाई फुकुवा गरी सोको फुकुवापत्र क्यापिटलमा उपलब्ध गराउन आग्रह गरेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।