बाँकेकाे काेहलपुरमा कर्फ्यू

Dec 08, 2019 03:10 PM merolagani

ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि  एकाएक तनावग्रस्त बनेकाे काेहलपुरमा प्रशासनले कर्फ्यू जारी गरेकाे छ ।  बढेको तनावलाई मत्थर गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा  कर्फ्यू आदेश जारी गरेको बताएकाे छ ।

केहीबेरअघि सकिएको जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा दिउँसो तीन बजेदेखि कफ्र्यू लगाउने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए।

ट्रकको ठक्करबाट घाइते भएकी छात्रा प्रकृति चन्दलाइ उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।

त्रिभुवन उमाविमा कक्षा ७ मा अद्ययनरत छात्रा चन्दलाइ स्कुलकै गेटमा ट्रकले ठक्कर दिएर घाइते बनाएपछि बिद्यार्थी र स्थानीयवासी आक्राेशित बनेका छन् ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।