पोर्टफोलियो बदल्दै लगानीकर्ता

Dec 08, 2019 03:49 PM Merolagani

पछिल्लो समयमा बीमा कम्पनीहरुतर्फ आकर्षित भइरहेको लगानीकर्ताहरु आइतबार भने फरक रणनीतिका साथ लगानी गर्न थालेको देखिएको छ। आइतबार बीमा उपसमूह सहित ६ उपसमूहका परिसूचकहरु ओरालो लाग्दा अन्य उपसमूहका परिसूचक बढेको छ।

घटेका उपसमूहका परिसूचकहरुको तुलनामा बढेका उपसमूहका परिसूचकहरुको फरक दर बढी भएका कारण समग्र नेप्से सकारात्मक देखिएको हो। आइतबार अन्य, लघुवित्त, व्यापार, होटल, विकास बैंक र बैंकिङ्ग उपसमूहको परिसूचक बढेको छ भने अरु उपसमूहको परिसूचक घटेको छ।

अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले लाभांश पारित गरि वितरण गरिसक्दा पनि बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छैनन्। लाभांश घोषणा गर्न समय लाग्ने अनुमानका कारण लगानीकर्ताहरु बीमाभन्दा अन्य कम्पनीहरुतर्फ आकर्षित भएको देखिन्छ। यसले लगानीकर्ताहरु पोर्टफोलियो परिवर्तन गरी लगानी गर्न थालेको संकेत गर्दछ।

आइतबार अन्य उपसमूहको परिसूचक ३ प्रतिशत, व्यापारको १.९९, लघुवित्तको १.११, होटलको ०.५१, विकास बैंकको ०.३६ र बैंकिङ्गको ०.०५ प्रतिशत बढेको छ।

निर्जीवन बीमा उपसमूहको यस दिन ०.८३, जलविद्युतको ०.५, उत्पादनको ०.३७, वित्तको ०.३२, जीवन बीमाको ०.२२ र म्युचुअल फण्डको ०.११ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर अगाडि रहेको छ। इन्स्योरेन्सको यस दिन २ करोडभन्दा बढीको संस्थापक शेयर किनबेच भएको छ। मुक्तिनाथ विकास बैंक, एनएमबी बैंक र नेपाल लाइफको सर्वसाधारण शेयरको कारोबार रकम यस दिन १ करोड नाघेको छ।

यस दिन सर्वाधिक शेयरमूल्य बढेका १० कम्पनीहरुको सूचीमा लघुवित्त कम्पनीहरुको बाहुल्यता रहेको छ। सो सूचीमा १० कम्पनीहरुमध्ये ६ लघुवित्त कम्पनीहरु रहेका छन्। गत शुक्रबार १० प्रतिशत बोनस र ७ प्रतिशत नगद गरी कूल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको कञ्चन डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ७.१० प्रतिशत बढेको छ। त्यसैगरी, स्वरोजगार लघुवित्तको शेयरमूल्य यस दिन ५.९६, युनियन हाइड्रोपावरको ५.८६, इन्फिनिटी लघुवित्तको ५.६३ र डिप्रोक्स लघुवित्तको ५.३० प्रतिशत बढेको छ।

नेशनल माइक्रोफाइनान्सको शेयरमूल्य यस दिन ३.८४, आँखुखोला जलविद्युतको ३.५०, हिमालयन उर्जाको ३, घोडीघोडाको २.७ र राष्ट्रिय बीमाको २.५ प्रतिशत घटेको छ।

गत साताको मंगलबारदेखि उकालो लागिरहेको नेप्से, आइतबार ३.४५ अंक बढेर एक हजार १३५.३७ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स यस दिन १.७५, फ्लोट इण्डेक्स ०.०६ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ अंक बढेको छ। यस दिन १७१ कम्पनीको २८ करोड ७५ लाख २७ हजार रुपैयाँ बराबरको ९ लाख ८७ कित्ता शेयर किनबेच भएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।