दुई कम्पनीको मूल्य समायोजन

Dec 09, 2019 08:03 AM Merolagani

लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंक लिमिटेडको नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ। यी दुबै बैंकले गत आवको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि बुकक्लोजसँगै नेप्सेले मंसिर २३ गते सोमबार शेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले लक्ष्मी बैंक (LBL) को १० प्रतिशत बोनस समायोजन गरि प्रतिकित्ता १९८ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ।

मर्जर अथवा एक्वीजीशनको लागि उपयुक्त पार्टनरको खोजीमा रहेको यस बैंकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद लाभांश पारित गर्न आगामी पुस ६ गते अग्रवाल भवन, कमलपोखरीमा वार्षिक साधारण सभा बोलाएको छ। जसका लागि बैंकले सोमबारदेखि बुकक्लोज गरेको हो।

सभाले सभाले लाभांश प्रस्तावका साथै अन्य उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा मर्ज अथवा एक्वीजीशन गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

हाल ८ अर्ब ९२ करोड ५लाख ९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लक्ष्मी बैंकको बोनस वितरणपश्चात पूँजी ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ पुग्नेछ।

त्यसैगरी, मुक्तिनाथ विकास बैंक (MNBBL) को पनि यस दिन नेप्सेले मूल्य समायोजन गरेको छ।
नेप्सेले मुक्तिनाथको १७.६० प्रतिशत बोनस समायोजन गरि प्रतिकित्ता २६५ रुपैयाँ ३१ पैसा निर्धारण गरेको छ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने र सामुहिक लगानी कोष स्थापना गरी कोष प्रवद्र्धकको कार्य गर्ने प्रस्तावसहित मंसिर ३० गते साधारण सभा आयोजना गर्ने भएको छ। विकास बैंकको तेह्रौं वार्षिक साधारण सभा होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा पोखरामा हुनेछ।

साधारण सभामा बैंकले हालै निष्काशन गरेको २० प्रतिशत हकप्रदले समेत पाउने गरि १७.६० प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनार्थ ०.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। त्यसैगरी सभामा बैंकले मर्जर तथा एक्वीजिसनको लागि उपयुक्त बैंक तथा वित्तीय संस्था पहिचान गर्न, सहमतिपत्रमा हस्ताक्षर गर्न राष्ट्र बैंकमा सनवेदन दिन, तथा मुल्याँकनकर्ता नियुक्त गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने भएको छ।

हाल ३ अर्ब ६७ करोड ७७ लाख चुक्ता पूँजी रहेको बैंकको प्रस्तावित बोनस वितरण पश्चात ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

सोमबार यहि समायोजित मूल्यलाई आधार मानेर दुबै बैंकहरुको शेयर कारोबार सुचारु हुनेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।