साधारण सभामा बैंकले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई साढे २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।
आठ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ। यसअनुसार बैंकले एक अर्ब ८० करोड २५ लाख ७२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।
सभामा नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका विवरण उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षक नियुक्त तथा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत राखेको छ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर ९ गतेदेखि बुकक्लोज गरेको थियो। मंसिर ८ गतेसम्म कायम भएका शेयरधनीहरुलेमात्र बैंकले वितरण गर्ने लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।