एडीबीद्धारा पाकिस्तानलाई १ अर्ब ३० करोड ऋण सहयोग

Dec 09, 2019 02:18 PM Agency

एशियाली विकास बैंक (एडीबी) ले पाकिस्तानलाई १ अर्ब ३० करोड डलर ऋण सहयता प्रदान गरेको छ। लामो समयदेखि आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानी अर्थव्यवस्था सुधार गर्न तथा सार्वजनिक खर्च व्यवस्थापनमा यस सहयोगबाट सहयोग पुग्ने बताइएको छ। 

पछिल्लो केही वर्षयता पाकिस्तानले भयावह आर्थिक संकटको सामना गरिरहेको छ र उसको आर्थिक वृद्धि सुस्त हुनका साथै वैदेशिक विनिमय सञ्चिति पनि घट्दो अवस्थामा रहेको छ।

सुस्ताउँदो अर्थतन्त्रमा सुधार तथा सार्वजनिक वित्त क्षेत्रलाई सहायता दिन एडीबीले पाकिस्तानलाई उक्त ऋण सहयोग दिने निर्णय गरेको हो।

एडीबीका मध्य र पश्चिमी एशियाका महानिर्देशक वेर्नर लाइवपकले भने, पाकिस्तानको अर्थतन्त्रमा सुधार र बाह्य आर्थिक जोखिम कम गर्नका लागि विस्तृत सहायता प्रदान गर्न एडीबी प्रतिबद्ध छ।

एडीबीले समग्र ऋणमध्ये १ अर्ब डलर अहिलेको बजेट घाटा कम गर्न र बाँकी ३० करोड ऊर्जा कार्यक्रमको विस्तारका लागि प्रदान गरिएको बताएको छ।

एडीबीको ऋणबाहेक पाकिस्तानले चीन, साउदी अरेबिया लगायतका मुलुकबाट १० अर्ब ४० करोड ऋण लिइसकेको छ।

-एजेन्सी

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।