यस दिन नाडेप लघुवित्त, नेपाल सेवा लघुवित्त, समिट लघुवित्त र समता माइक्रोफाइनान्सको शेयरमूल्यमा यस दिन सकारात्मक सर्किट लागेको हो। त्यसैगरी, जलविद्युत कम्पनीहरुमध्ये अरुण काबेली पावरको शेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेको हो।
सोमबार लघुवित्त, व्यापार र निर्जीवन बीमा उपसमूहका परिसूचक उच्च दरले बढेसँगै अन्य उपसमूहका परिसूचक पनि बढेपछि सामग्र नेप्से १.१९ प्रतिशत बढेर बन्द भएको छ। नेप्सेसँगै यस दिन कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ।
आइतबार २९ करोडको हाराहारीमा कारोबार भएको बजारमा यस दिन कारोबार रकम १७ करोड बढेर ४६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
शेयरबजार निरन्तर ५ कारोबार दिन उकालो लागेपछि लगानीकर्ताहरुको मनोबल पनि बढेको छ। लामो समयदेखि ‘पर्ख र हेर’को अवस्थामा रहेका लगानीकर्ताहरु विस्तारै बजार प्रवेश गर्न थालेपछि कारोबार रकममा पनि सुधार देखिएको हो।
उता बुलिश बजारमा पनि १७ कम्पनीको शेयरमूल्य भने घटेको छ। सोमबार कूल १७३ कम्पनीको शेयर कारोबारमा आएकोमा १७ वटाको मात्रै मूल्य घटेको हो ।
यसदिन सामुहिक लगानी कोषका इकाईहरुको मूलय धेरै घटेका छन्। नबिल इक्विटी फण्डको इकाईमूल्य सबैभन्दा धेरै ५.७४ प्रतिशत र सिभिल बैंकको शेयरमूल्य २.१४ प्रतिशतले घटेको छ ।
अन्य कम्पनीहरु एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, ग्लोबल आईएमई समुन्नत स्कीम, सिद्धार्थ इक्वीटी फण्ड, सानिमा इक्वीटी फण्ड, बरुण हाइड्रोपावर, लक्ष्मी बैंक, प्रोगेशिभ फाइनान्स र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य १ प्रतिशतभन्दा कम घटेको छ।