युनाइटेड इन्स्योरेन्सको लिलामी साधारण शेयर बाँडफाँड, कति कायम भयो कटअफ ?

Dec 09, 2019 05:24 PM Merolagani

युनाइटेड इन्स्योरेन्स (UIC) को अवितरित हकप्रद शेयरको शिलबन्दी बोलपत्र एनएमबि क्यापिटलमा मंसिर २३ गते सोमबार खुला गरिएको छ। इन्स्योरेन्सको लिलामीमा राखेको कूल ४ लाख ९९ हजार १९२ कित्ता शेयरका लागि परेको शिलबन्दी बोलपत्र सोमबार दिउँसो २ बजे खुला गरिएको हो।

जसमा सर्वसाधारण तर्फको तीन लाख ४१ हजार ५४३ कित्ता शेयरको प्रारम्भिक कटअफ १८० रुपैयाँ ८० पैसा कायम भएको क्यापिटलले जनाएको छ। जसअनुसार लगानीकर्ताले इन्स्योरेन्सको प्रतिकित्ता १८० रुपैयाँ ८० पैसा वा सो भन्दा बढी मूल्यमा शेयर पाएका छन्।

लिलामी शेयरमा आवेदन गर्न पाउने अन्तिम दिन कम्पनीको शेयर २१२  रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार कम्पनीको कछअफ मूल्य सो दिनको मुल्यको तुलनामा १४.७२ प्रतिशत अर्थात ३१ रुपैयाँ २० पैसा रुपैयाँ तल निर्धारण भएको हो।

मंसिर २३ गते आइपुग्दा भने कम्पनीको शेयर दोस्रो बजारमा भने इन्स्योरेन्सको प्रतिकित्ता २३७ रुपैयाँमा कारोबार भएको छ। यसआधारमा न्यूनतम मूल्यमा लिलामी सकार्ने लगानीकर्तालाई ५६ रुपैयाँ २० पैसा मुनाफा भएको छ।

उक्त लिलामी शेयरमा न्यूनतम १०० कित्ताका लागि गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सकिने व्यवस्था रहेको थियो भने प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि प्रतिस्पर्धात्मक मूल्यमा आवेदन खुला गरिएको थियो।

  • संस्थापक शेयरका लागि परेन आवेदन

उता संस्थापक तर्फको एक लाख ५७ हजार ६४९ कित्ता शेयरका लागि भने कुनै पनि आवेदन नपरेको एनएमबि क्यापिटलले जनाएको छ। 

हाल लिलामीमा ल्याइएको संस्थापक शेयरका  लागि विद्यमान कायम रहेका संस्थापकहरुले मात्र आवेदन गर्न पाउने व्यवस्था रहेको थियो। विद्यमान संस्थापकले नकिनेपछि अब उक्त संस्थापक शेयर दोस्रो पटक सर्वसाधारणले आवेदन गर्न पाउनेगरि लिलामीमा आउनेछ।

इन्स्योरेन्सको साधारण शेयर नेप्सेमा नियमित कारोबार भैरहेको छ। तर संस्थापक शेयर भने नेप्सेमा साधारण शेयर जसरी खरीद बिक्री हुने गरेको छैन।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।