धितोपत्र सूचीकरण विनियमावली २०७५ को अनुसूची ४ मा संगठित संस्थाले प्रत्यक त्रैमासिक अवधि समाप्त भएको एक महिना भित्र सो अवधि भित्रकाे काम कारवाही र वित्तीय विवरण सहितको प्रतिवेदन नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ।
कम्पनीले उक्त विवरणहरु नेप्सेलाई समयमा नै उपलब्ध नगराएको कारण धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम १६(१) (ख) अनुसार कारोबार रोक्का गरिएको हो ।