सोल्टी होटलको मूल्य समायोजन

Dec 11, 2019 08:01 AM Merolagani

सोल्टी होटल (SHL) को नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ। होटलले गत आवको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश तथा साधारण सभा प्रयोजनको लागि बुकक्लोज गरेसँगै नेप्सेले मंसिर २५ गते बुधबार शेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले सोल्टी होटलको १५ प्रतिशत बोनस समायोजन गरि प्रतिकित्ता १८७ रुपैयाँ ८३ पैसा निर्धारण गरेको छ।

सोल्टी होटलले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्न पुस २४ गते ४५ औं वार्षिक साधारणसभा आह्वान गरेको छ। होटलले नेपाल प्रज्ञा भवन, कमलादीमा बिहान ११ बजे साधारण सभा बोलाएको हो।

साधारण सभामा होटलले हाल कायम चुक्ता पूँजीको २६.३१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजादैछ जसमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत कूल ११.३१५ प्रतिशत नगद लाभांश अनुमोदन गर्ने प्रस्ताव रहेको छ।

साधारण सभा प्रयोजनको लागि होटलले मंसिर २५ गतेदेखि पुस २४ गतेसम्म बुकक्लोज गर्नेछ। यसअनुसार मंसिर २४ गतेसम्म कायम शेयरधनीहरुले होटलको लाभांश प्राप्त गर्न सक्नेछन्।
हाल होटलको चुक्ता पूँजी ७३ करोड २६ लाख ७५ हजार रहेको छ। १५ प्रतिशत बोनस शेयर वितरण पश्चात होटलको चुक्ता पूँजी ८४ करोड २५ लाख ७६ हजार पुग्नेछ।

बुधबार यहि समायोजित मूल्यलाई आधार मानेर होटलको शेयर कारोबार सुचारु हुनेछ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।