सभाले लाभांश वितरण गर्ने, ७ प्रतिशत अग्राधिकार शेयर साधारण शेयरमा परिणत भएपश्चात पूँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश घोषणा गरेको थियो। असोज २६ गते सम्पन्न सञ्चालक समितिको ३१० औं बैठकले ५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २० प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले पुस ४ गतेदेखि २३ गतेसम्म शेयर दाखिल खारेजको काम बन्द गर्ने भएको छ। यस अनुसार पुस ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
हाल ८ अर्ब ६ करोड ६८ लाख ६३ हजार ६६९ रुपैयाँ चुक्ता पूँजी रहेको बैंककले बोनस पश्चात ८ अर्ब ४७ करोड २ लाख ६ हजार ८५२ रुपैयाँ पूँजी पुग्नेछ।
एभरेष्ट बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ४ करोड खुद नाफा तथा २ अर्ब १८ करोड रुपैयाँ वितरणयोग्य कमाएर प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ५७ पैसा कायम गरेको थियो।