डेपुटी गभर्नर शिवराज श्रेष्ठ दोषी रहेको छानबिन समितिको ठहर

Dec 11, 2019 09:45 AM Merolagani

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले वित्तीय स्थायित्वमा आँच पुग्ने काम गरेको भन्ने आरोपमा छानबिन समितिले दोषी ठहर गर्दै मंसिर २४ गते राष्ट्र बैंक सञ्चालक समितिमा प्रतिवेदन बुझाएको छ।

श्रेष्ठमाथि लागेको आरोप छानबिन गर्न राष्ट्र बैंकले सञ्चालक डा. श्रीराम पौडेलको संयोजकत्वमा गठित ३ सदस्यीय समितिले राष्ट्र बैंकमा बुझाएको प्रतिवेदनमा उनलाई दोषी ठहर गरिएको छ।

छानबिन समितिले तत्कालिन ग्राण्ड बैंकको साढे २ करोडभन्दा बढी र तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकको २ अर्ब कर्जा घोटाला लुकाएको, एनसेललाई लगानीको तुलनामा करिब २ अर्ब लाभांश लिन सहयोग गरेको र विदेश भ्रमणमा गई दोहोरो सुविधा लिएको आरोपमा श्रेष्ठलाई दोषी भेटिएको प्रतिवेदनमा उल्लेख गरिएको एक स्रोतले बताए।

सरकारले लगाएका अधिकांश आरोपहरु पुष्टी भएसँगै डेपुटी गभर्नर श्रेष्ठ बर्खास्त हुने सम्भावना बढेको छ। छानबिन समितिले बुझाएको प्रतिवेदनमाथि राष्ट्र बैंक सञ्चालक समितिमा छलफल गरि पारित गरिसकेपछि अर्थ मन्त्रालयमा पठाइनेछ। अर्थ मन्त्रालय मार्फत मन्त्रीपरिषदमा पुग्नेछ। श्रेष्ठलाई पदमुक्त गर्ने नगर्ने अन्तिम निर्णय भने मन्त्रिपरिषदले गर्नेछ। सो प्रतिवेदन बुधबार अर्थमन्त्रालय हुँदै मन्त्रीपरिषद् बुझाइने  राष्ट्र बैंक स्रोतले जनाएको छ।

एनसेलको लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको, बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सघाएको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागू गर्न असहयोग गरेको लगायत आरोप श्रेष्ठमाथि लगाइएको छ।

राष्ट्र बैंकले सञ्चालक डा. श्रीराम पौडेलको संयोजकत्वमा सञ्चालकहरु रामजी रेग्मी र डा. सुवोधकुमार कर्ण सदस्य रहने गरी तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। छानबिन समितिलाई ३५ कार्य दिनभित्र श्रेष्ठमाथि लागेको आरोपका बारेमा प्रतिवेदन बुझाउन निर्देशन दिइएको थियो।

राष्ट्र बैंक ऐन-२०५८ मा सञ्चालक समितिले छानबिन गरी सिफारिस गर्नुपर्ने, स्पष्टीकरणको मौका दिने र त्यसपछि मात्र पदमुक्त गर्नुपर्ने प्रावधान छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।