जलविद्युत क्षेत्र मृत्युको नजिक, सबै मिलेर बचाउन आवश्यक: गुरु न्यौपाने

Dec 11, 2019 01:14 PM Tirtha Raj Poudyal

नेपालको जलविद्युत क्षेत्रको प्रवद्र्धकमध्येका एक गुरु प्रसाद न्यौपानेले जलविद्युत क्षेत्र मृत्युको नजिक पुगेकाले सबै सरोकारवालहरु सबै मिलेर यस क्षेत्रलार्ई बचाउन आवश्यक रहेको बताएका छन्।

आठ मेगावाट क्षमताको अपर नौगाढ जलविद्युत परियोजनाबाट ब्यवसायीक विद्युत उत्पादन थालनी गरेको जानकारी दिन मंगलबार राजधानीमा आयोजित कार्यक्रममा न्यौपानेले जलविद्युत क्षेत्रमा लगानी गरिरहेका कतिपय लगानीकर्ताहरुले हाइड्रोपावर रुग्ण उद्योग भयो भनेर सरेन्डर गर्नुपर्ने अवस्थामा पुगिसकेको बताए।

जलविद्युत आयोजना निमार्णको थालनीकर्तामध्ये आफू एक भएको बताउँदै अहिले बिगिएर दशा हेर्ने रमिते हुनुपरेकोमा दुख लागेको भन्दै उनले यस क्षेत्रको ब्यापार किन तल गइराखेको छ र यसरी खस्किनुको कारण खोजिनुपर्ने उल्लेख गरे। यसो गर्न नसकिए आफैँले सिर्जना गरेको क्षेत्र आफ्नै हातबाट मृत्यु हुने उनको भनाई थियो।

अब जलविद्युत कम्पनीहरुले मात्रै लगानीकर्तालाई प्रतिफल दिने नसक्ने भएकाले सम्बन्धित अन्य क्रियकलापहरु समेत सञ्चालन गर्न आवश्यक रहेको उनले बताए। जसमा हाइड्रोपावर सँगसँगै बाख्रापालन, पर्यटन, फलफूलखेति तथा विद्युत खपत बढाउने अन्य उपकरणहरुको ब्यापार गर्ने लगायतका कामहरु हुनसक्ने उनले बताए। सरकारले कृषिमा सहयोग गरिहेकाले अवस्थाले पनि यसतर्फ बढ्न सहज रहेको उनको भनाई छ।

चीनमा पनि जलविद्युत कम्पनी निमार्ण गर्दा अन्य क्रियाकलापहरु सिँचाई, पिउने पानी उत्पादन, पर्यटन, जस्ता कामहरु सञ्चालन गरेर जलविद्युतको लागत कम गर्ने गरिएको उनले बताए।  जलविद्युतले कूल लागतको ३० प्रतिशत मात्र ब्यहोर्ने र बाँकी ७० प्रतिशत लागत अन्य क्रियाकलापको आम्दानीबाट तिर्ने परिपाटीको विकास भएकाले त्यहाँ प्रतिमेगावाट ९ करोड हाराहारीको लागतमा जलविद्युत आयोजना निमार्ण सम्पन्न हुने गरेको उनले बताए।

नेपालमा रुग्ण आयोजना सहित अन्य आयोजनाहरुले पनि यस्ता क्रियकलापलाई बढाउन सकेको खण्डमा रुग्ण उद्योगको अवस्थामा समेत सुधार ल्याउन सकिने उनको दाबी छ। यसरी ब्यापारका विविध पाटोहरु विस्तार गर्न सकेको खण्डमा रुग्ण उद्योगहरु समेत सञ्चालन भई बाँच्नसक्ने अवस्था आउने उनले बताए।

  • मार्केट मेकर स्थापना नभएसम्म शेयर बजारले गति लिन मुस्किल

कार्यक्रममा न्यौपानेले शेयर बजारमा स्थायित्व ल्याउन मार्केट मेकरको आवश्यकता रहेको बताए। शेयर बजारमा स्थायित्व ल्याउन सरकारसँग रोइकराई गरेर भएपनि मार्केट मेकर स्थापना गर्नुपर्नेमा उनले जोड दिए।

ठूला संस्थाहरुले मात्र शेयर बजार प्रवेश गराउन सकेको खण्डमा मात्रै शेयर बजार खस्कँदा टेवा दिनसक्ने भएकाले यस्ता संस्थाकाकोे भुमिका बलियो र प्रभावकारी नबनाउँदासम्म शेयर बजार माथि जान नसक्ने जिकिर उनले गरे।

आफ्नो सहित धेरै जलविद्युत कम्पनीको शेयरमूल्य शेयरको किताबी मूल्यभन्दा तल झरिरहेको अवस्थाले जलविद्युतको शेयरमा लगानी गरेका लगानीकर्ताहरु ज्यादै चिन्तित बनाएको उनले बताए। प्रवद्र्धकरुले यसको कारण पत्ता लगाएर समाधानका उपाय खोजी गरि समस्या निरुपण गर्नुपर्ने आवश्यकता उनले औैंल्याए।

बैंक तथा वित्तीय संस्थारु मर्जरमा गैसकेकाले अब जलविद्युत कम्पनीहरु समेत मर्जरमा गएर ठूला संस्था बनाएर ओरभहेड कस्ट कम गर्ने, मर्मतसम्भार खर्चमा कमी ल्याउन तथा जलविद्युतलाई मुनाफायोग्य ब्यापार बनाउन सकिने भएकाले मर्जर तथा एक्वीजिशन आजको आवश्यक रहेको उनले बताए। आफ्ना आयोजनाहरुको ब्यालेन्स सिट ऋणात्मक नभई धेरैथोरै मुनाफा आर्जन गरिरहेकाले रुग्ण नभएको दाबी उनको छ।

जलविद्युतमा जोखिम मात्र नभई सम्माभवना समेत रहेको भन्दै उनले पछिल्लो समय दुगड र सानिमा जस्ता ग्रुपले ठूला क्षमताको आयोजनामा लगानी गर्न थालेकाले यस क्षेत्रमा लगानी गर्न आफूलाई अझ बढी उत्साहित बनाएको उनले बताए। नेपाल राष्ट्र बैंकको आकर्षक जागिर छाडेर आफू वाणिज्य बैंक स्थापनातथा जलविद्युत आयोजना निमार्णमा प्रवेश गरेकोमा हाल जलविद्युत्तमा मात्र संलग्नता रहेकाले अब आफुले जलविद्युतलाई जीबनपयन्त निरन्तरता दिने बताए। 

उनले भने "हामीले जलविद्युत आयोजनाको निमार्ण थालनी यो बिजनेशको सेक्टर थिएन, बैंकहरुले इन्भेष्टमेन्ट गरेको थिएन, हामीले ज्यादै प्रयत्न गरेर बैंकहरुलाई सानो सानो पोर्टफोलियो इन्भेष्टमेन्ट गर्न रिक्वेस्ट गर्यौं र आज यो लगानीको राम्रो सेक्टर बनेको छ।" 

यस्तै न्यौपानेले विद्युत ऐन निमार्णको क्रममा रहेकाले सो ऐन अझ बढी पारदर्शी र लगानीकर्तामैत्री बनाउँदै निजी क्षेत्रका लागि समेत मुख्य भुमिका खेल्नसक्ने वातावरण तयार हुनुपर्ने बताए। उनले विद्यमान ऐनमा सबै कामहरु सरकारले गर्ने खालको भएकाले अब आउने ऐनमा निजी क्षेत्र सहित सबैलाई अटाएर भारतसँग विद्युत खरीद बिक्रीको बाटो खोल्नेतर्फ सरकार लाग्नुपर्ने बताए।

गुरु प्रसाद न्यौपाने समूहबाट पछिल्लो तीन महिना अवधिमा राष्ट्रिय प्रणालीमा कूल ४३ मेगावाट विद्युत जोडन सफल भएको छ। जसमा पाँचथरमा १० मेगावाटको इवाखोला जलविद्युत आयोजना, पाँचथर र ताप्लेजुङको सीमानामा बग्ने काबेली नदीमा निमार्ण गरिएको काबेली बी १ आयोजनाबाट २५ मेगावाट र दार्चुला जिल्लामा अपर नौगाढ जलविद्युत आयोजनाबाट ८ मेगावाट विद्युत उत्पादन गरि राष्ट्रिय प्रसारणमा समाहित गरिसकेको छ।

यस्तै अपी पावर कम्पनी लिमिटेडले  ७ अर्ब ४० करोड लगानी गरि दार्चुलामा ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण गर्ने जानकारी दिइयो। विद्युत विकास विभागबाट आयोजना निमार्ण गर्न विद्युत उत्पादन अनुमतिपत्र लिइसकेको उक्त आयोजनाबाट २६ करोड ४१ लाख युनिट बिजुली उत्पादन हुनेछ। आयोजनामा ५ अर्ब १८ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको ऋण लगानी तथा २ अर्ब २२ करोड रुपैयाँ शेयर लगानीबाट जुटाइने बताइएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।