सिभिल बैंकको २० लाख कित्ता संस्थापक शेयरको बिक्री खुला,अंकित मूल्यमा नै खरीद गर्न सकिने

Dec 11, 2019 11:03 AM Merolagani

सिभिल बैंक (CBL) को संस्थापक समहुको शेयर बिक्री खुला भएको छ। बैंकको २० लाख ३० हजार ५९ कित्ता संस्थापक शेयरमा मंसिर २४ गते मंगलबार देखि आवेदन खुला गरिएको हो ।

बैंकको शेयर खरिद गर्न संस्थापक शेयरधनी, बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरिद गर्न योग्य अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले पुस ८ गते भित्र सिभिल क्यापिटल सुन्धारा काठमाडौंमा आइपुग्ने गरि आवेदन गर्न सकिनेछ ।

संस्थापक समहुको शेयर खरीदको लागि  आवेदन गर्दा न्यूनतम १० हजार कित्ताको लागि  आवेदन गर्न सकिनेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद तोकिएको छैन। आवेदन पेश गर्दा न्यूनतम प्रतिशेयरको १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन दिनुपर्नेछ। 

लिलामी शेयरमा परेको आवेदन पुस ९ गते बिहान ११ बजे खोलिने शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ। सबैभन्दा बढी मूल्य कबुल गरी पेश गरिएको शिलबन्दी बोलपत्रलाई पहिलो  प्राथामिकता दिएर शेयर बाँडफाँड हुनेछ।

बैंकको साधारण शेयर मंसिर २४ गते मंगलबार दोस्रो बजारमा प्रतिकित्ता १३८ रुपैयाँमा कारोबार भएको छ भने संस्थापक शेयर पछिल्लो पटक १०० रुपैयाँमा नै कारोबार भएको छ। यसअनुसार बिक्रीमा ल्याइएको उक्त लिलामी शेयर अंकित मूल्यमा नै खरीद गर्न सकिनेछ। तर संस्थापक शेयरको कारोबार भने साधारण शेयर जस्तो नेप्सेमा सहजै कारोबार भने हुँदैन।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।