नोभेम्बरमा चीनको उपभोग मूल्य ४.५५ प्रतिशतले वृद्धि

Dec 11, 2019 10:44 AM RSS

नोभेम्बरमा चिनियाँ नागरिकहरूको उपभोग मूल्य अर्थात् सीपीआई गत बर्षको तुलनामा ४.५५ प्रतिशत बढेको छ। चिनियाँ राष्ट्रिय तथ्याङ्क विभागले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार खाद्यपदार्थको मूल्य १९.१५ प्रतिशतले वृद्धि भएको छ।

साथै अरू सामानको मूल्य १५ प्रतिशतले वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ।

गत बर्षको नोभेम्बरको तुलनामा चीनमा उपभोग्य सामानहरूको मूल्य ६.५५ प्रतिशत र सेवाको मूल्य १.२५ प्रतिशतले वृद्धि भएको छ। विशेष गरी गत बर्षको मूल्यको तुलनामा सुङ्गुरको मासुको मूल्य दुई गुणाले बढेको छ र फलको मूल्य घटेको जनाइएको छ।

चीनका राज्य परिषदको परामर्श विभागका विज्ञ याउ चीङ युआन तथा चाङ लि छ्युनले यस बर्ष सीपीआईको विकास स्थिर हुने विश्वास व्यक्त गरेका छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।