एनएमबि बैंकको पुस २४ गते साधारण सभा आह्वान, बुकक्लोज कहिले ?

Dec 11, 2019 01:26 PM Merolagani

एनएमबि बैंक (NMB) ले आगामी पुस २४ गते बैंकको २४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको मंसिर २४ गते सम्पन्न ३९६ औं बैठकले पुस २४ गते साधारण सभा बोलाउने निर्णय गरेको कम्पनी सचिव ध्रुब प्रसाद अधिकारीले जानकारी दिए।

साधारण सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २१ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १४ प्रतिशत नगद गरी कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजादैँछ।

ओम डेभलमेन्ट बैंकलाई असोज ११ गतेदेखि प्राप्ती गरि एकीकृत कारोबार थालेको एनएमबि बैंक बैंकको चुक्ता पूँजी ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार ६०० रुपैयाँ रहेको छ। २१ प्रतिशत बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी १३ अर्ब ९५ करोड ९ लाख ८७ हजार ३३६ रुपैयाँ पुग्नेछ।

 

लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि बैंकले पुस ४ गतेदेखि साधारण सभासम्म बुकक्लोज गर्ने भएकाले पुस ३ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम भएका शेयरधनीहरुले मात्र बैंकले वितरण गर्ने लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।