चीनमा मुद्रास्फीति ८ वर्षकै उच्च बिन्दुमा,विश्वभरको शेयर बजार प्रभावित

Dec 11, 2019 01:52 PM Agency

चीनमा मुद्रास्फीति करिब ८ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । चीनमा मुद्रास्फीति बढेसँगै विश्वभरको शेयर बजारमा गिरावट देखिएको छ 

अफ्रिकी स्वाइन फिभरका कारण पोर्कको मूल्य बढेपछि सन् २०१९ को नोभेम्बरमा चीनमा मुद्रास्फीति बढेको बताइएको छ । यसमा पाकिस्तानको बढ्दो महंगीको असर परेको पनि बताइएको छ ।

चीनमा सबैभन्दा धेरै पोर्कको उपभोग हुने गर्दछ । जबकि अफ्रिकी देशमा देखिएको स्वाइनफ्लू पछि चीनले अगस्ट २०१८ मा करिब ९ लाख सुँगुरलाई मार्ने आदेश दिएको थियो । यसबाट पोर्कको आपूर्तिमा समस्या हुनका साथै मूल्यमा पनि उच्च बढोत्तरी भएको थियो । चीनपछि सबैभन्दा धेरै पोर्कको खपत अमेरिका र जापानमा हुने गर्दछ ।

चिनीयाँ राष्ट्रिय तथ्याङ्क कार्यालय ‘एनबीएस’ ले बताएअनुसार गत महिना उपभोक्ता मूल्य सूचक (सीपीआई) मा आधारित खुद्रा मुद्रास्फीति साढे ४ प्रतिशतमा पुगेको छ । अक्टोबरमा सीपीआई ३.८ प्रतिशत मात्रै थियो । मुद्रास्फीतिको यो दर सन् २०१२ को जनवरीपछिको सबैभन्दा उच्च हो ।

सन् २०१८ को अगष्टयता फैलिएको स्वाइन फिभरका कारण चीनमा पोर्कको आपूर्ति स्वात्तै घटेको छ । यसकै कारण गत महिना मात्रै पोर्कको मूल्य चीनमा ११०.२ प्रतिशतले बढेको छ ।

यसका साथै चीनमा अन्य प्रोटिन उत्पादनको मूल्य पनि बढिरहेको छ । चीनमा सन् २०१९ का लागि उपभोक्ता मुद्रास्फीतिको लक्ष्य तीन प्रतिशतको रहेको छ । योसँगै बेइजिङ औद्योगिक गतिविधिहरुलाई प्रोत्साहन दिनका लागि ठूलो आर्थिक दबाबमा रहेको बताइएको छ ।

चीनमा महंगी बढेसँगै मंगलबार विश्वभरको शेयर बजारमा गिरावट देखिएको छ । जापानको निक्केई इन्डेक्स, चीनको शांघाई इन्डेक्स, हङकङको ह्याङसेङ इन्डेक्स, अस्ट्रेलियाको एयुएक्स र भारतको सेन्सेक्स र निफ्टीमा ०.५० प्रतिशतभन्दा धेरैको गिरावट देखिएको थियो । एजेन्सी

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।