छायाँ सेन्टरमा मंसिर २७ गतेदेखि क्रिसमस मार्ट २०१९, लाइभ कन्सर्टका साथमा विविध कार्यक्रम

Dec 11, 2019 05:46 PM Merolagani

क्रिसमस डे नजिकिँदै गर्दा राजधानीको ठमेल स्थित छाँया सेन्टरमा क्रिसमस मार्ट २०१९ आयोजन हुने भएको छ। मंसिर २७ गतेदेखि तीनदिनसम्म संचालन हुने क्रिसमस मार्टमा लाइभ कन्सर्टका साथै विभिन्न आकर्षक कार्यक्रम राखिएकोे कार्यक्रम संयोजक मन्जु धमला थापाले जानकारी दिईन।

क्रिसमस मार्ट विहान ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

नेपाल भ्रमण वर्ष २०२० को प्रवद्धनका लागि नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसनअफ टुर एण्ड ट्राभल्र्स एजेन्टसको सहकार्यमा कार्ल डुईसवर्ग सोसाइटी नेपाल र इभेन्टशोलुसनको आयोजनमा मंसिर २७ देखि २९ गतेसम्म क्रिसमस मार्ट २०१९ सञ्चालन हुन लागेको आयोजक संस्थाका अध्यक्ष विजय सागर प्रधानले बताए।

उक्त कार्यक्रमको जमर्न दुतावासका डेपुटी चिफ अफ मिशन डा. क्लाउडियाहाईपले मंसिर २७ गते शुक्रबार ४ बजे उद्घाटन गर्ने क्रार्यक्रम रहेको छ ।

ठमेल स्थित छाँया सेन्टरमा आयोजना हुने क्रिसमस मार्टमा स्वप्न सुमन, द ट्रिपलेटस् , लु सिडड्रिम्स तथा प्रितिका थापा मगर लगायतको लाइभ प्रस्तुति रहने आयोजकले जनाएको छ ।

साथै नजिँकदै गरेको क्रिमसश डे लाई लक्षित गर्दै विभिन्न स्टलहरु पनि रहने छन्। विभिन्न परिकारका खाना, बेकरी, डेकोरेशन, शान्ताक्लज, किडजोन लगायतआर्कषक उपहार समेत रहने आयोजकले जनाएको छ। 

हरेक बर्ष डिसेम्बर २५ का दिनमाविश्वभर किसमश डे मनाउने गरिन्छ। नजिकदै गरेको क्रिसमस डे र नेपालभ्रमणबर्ष २०२० बो पूर्वसन्ध्यामा गरिएको यस कार्यक्रमले नेपालको पयर्टन प्रर्वद्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।