बैंकास्योरेन्सको नाममा भएका सम्पूर्ण सम्झौता खारेज

Dec 11, 2019 06:26 PM Merolagani

बीमा कम्पनी र बैंक तथा वित्तीय संस्थाबीच भएको बैंकास्योरेन्स सम्झौताहरु खारेज भएका छन् । बीमा समितिले मंगलबार बीमकले सहकार्यमा बीमा व्यवसाय संचालन गर्दा अपनाउनु पर्ने नीतिगत मार्गदर्शन २०७६ लागू गरे संगै यस अघि बैंकास्योरेन्सको नाममा भएको सम्झौताहरु खारेज भएका हुन् ।

मार्गदर्शन सम्बन्धमा समितिले बुधबार बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै यस अघि कुनै संस्थासंग सहकार्यमा बीमा व्यवसाय गर्ने सम्झौता भए भंग गर्न निर्देशन दिएको हो । सम्झौता भंग गरी समितिले जारी गरेको मार्गदर्शन अनुसार कार्य अघि बढाउन बीमा कम्पनीलाई निर्देशन दिएको छ ।

जारी मार्गदर्शनमा बीमकले विभिन्न संस्थाहरुसँगको सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा एवं बीमा व्यवसायको प्रचार प्रसार गर्दा एकरुपता कायम गरी बीमा जोखिमांकन व्यवस्थित बनाउन भनेको छ ।

मार्गदर्शन अनुसार बीमा कम्पनीहरुले विभिन्न संस्थाहरुसँगको सहकार्यमा बीमा व्यवसायको प्रचार प्रसार गर्दा सम्बन्धित बीमकको नाम उल्लेख गर्ने वा बीमकसँगको सहकार्यमा बीमा भएको भन्ने उल्लेख गनुपर्नेछ ।

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।