नेपाल बङ्गलादेश बैंकको मूल्य समायोजन

Dec 12, 2019 07:49 AM Merolagani

नेपाल बङ्गलादेश बैंक (NBB) को नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ। बैंकले गत आवको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश तथा साधारण सभा प्रयोजनको लागि बुकक्लोज गरेसँगै नेप्सेले मंसिर २६ गते बिहीबार शेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले बैंकको ५ प्रतिशत बोनस समायोजन गरि प्रतिकित्ता १९५ रुपैयाँ २४ पैसा निर्धारण गरेको छ।

बैंकले मर्जर र लाभांश अनुमोदनको मुख्य एजेण्डा राखेर पुस ७ गते सोमबार राष्ट्रिय सभागृह काठमाण्डौंमा पच्चिसौं वार्षिक साधारण सभा बोलाएको हो। साधारण सभामा बैंकले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिमको चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने ४० करोड ४४ लाख रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने कर समेत गरी ७ प्रतिशतले हुन आउने ५६ करोड ६१ लख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजादै छ।

त्यसैगरी, सभामा अन्य कुनै बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा प्राप्ति सहमति गर्न तथा सो सम्बन्धमा बैंकको तर्फबाट गर्नुपर्ने सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ।

त्यस्तै, बैंकले बंगलादेश स्थित आईएफआईसी बैंकसँग भएको प्राविधिक सेवा सम्बन्धी सम्झौतालाई अनुमोदन गर्ने प्रस्ताव लैजाँदैछ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि बैंकले मंसिर २६ गतेदेखि बुकक्लोज गर्ने भएकाले मंसिर २५ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र बैंकको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।

हाल ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार २२६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपश्चात पूँजी ८ अर्ब ४९ करोड २७ लाख १४ हजार १८७ रुपैयाँ पुग्नेछ।

बिहीबार यहि समायोजित मूल्यलाई आधार मानेर बैंकको शेयर कारोबार सुचारु हुनेछ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।