युनाइटेड इन्स्योरेन्सको संस्थापक समूहको अवितरित हकप्रद शेयर पुनः लिलामीमा

Dec 12, 2019 09:19 AM Merolagani

युनाइटेड इन्स्योरेन्स (UIC) ले बिक्री नभएको डेढ लाख कित्ता संस्थापक समूहको शेयर दोस्रो पटक लिलामी मार्फत बिक्री गर्ने भएको छ। कम्पनीले पुस ३ गतेदेखि १ लाख ५७ हजार ६४९.६० कित्ता संस्थापक शेयर लिलामीमा ल्याउन लागेको हो।

इन्स्योरेन्सले गत मंसिर १० गतेदेखि १७ गतेसम्म शिलबन्दी बोलपत्र मार्फत खरिद आह्वान गरेको १ लाख ५७ हजार ६४९.६० कित्ता संस्थापक र ३ लाख ४१ हजार ५४३ कित्ता सर्वसाधारण समूहको शेयरमध्ये संस्थापक समूहको शेयरमा आवेदन नपरेपछि पुनः लिलाम बिक्री गर्न लागेको हो। यसअघि इन्स्योरेन्सले विद्यमान संस्थापकहरुलाई सो संस्थापक शेयर खरिद गर्न आह्वान गरेको थियो। विद्यमान संस्थापकहरुको आवेदन नपरेपछि इन्स्योरेन्सले सर्वसाधारणमा सो शेयर बिक्री गर्न लागेको हो।

इन्स्योरेन्सले पूँजी वृद्धि गर्न गत भदौ ३ देखि असोज २३ गतेसम्म चुक्ता पूँजीको २४० प्रतिशत अर्थात १० बराबर २४ कित्ता शेयरको अनुपातामा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो।

लिलामी शेयरमा लगानीकर्ताले पुस १० गतेसम्म बोलपत्र आवेदन पेश सक्नेछन्।

इन्स्योरेन्सको लिलामी शेयरमा लगानीकर्ताले एनएमबि क्यापिटल, तथा एनएमबि बैंकको तोकिएका १३ शाखा कार्यालय मार्फत आवेदन दिन सक्नेछन्।

इच्छुक लगानकिर्ताले कम्तिमा १ सय रुपैयाँ वा सो भन्दा बढी प्रतिस्पर्धि मूल्य अंकित गरी आवेदन पेश गर्न सक्नेछन्। अधिकतम मूल्य अंकित गरी आवेदन गर्ने लगानीकर्तालाई प्राथामिकतामा राखि क्रमैसँग लिलामी शेयर बाँडफाँड गरिने छ।

लगानीकर्ताले इन्स्योरेन्सको लिलामी शेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ता शेयर खरीदको लागि आवेदन दिन पाउनेछन्। लगानीकर्ताले सो सीमाभित्र रहेर आफुले लिन चाहेको शेयर कित्ता उल्लेख गरी बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।

हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको युनाइटेड इन्स्योरेन्सको हकप्रद शेयर बिक्री पश्चात पूँजी एक अर्ब २ करोड ८१ लाख रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।