एक लाख ७४ हजार कित्ता लिलामी ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन

Dec 12, 2019 09:31 AM Merolagani

एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१ (NMBSF) ले मंसिर २० गते शुक्रबारदेखि मूल्य घटाएर दोस्रो पटक लिलाम बढाबढमा बिक्रीमा ल्याएको १ लाख ७४ हजार कित्ता ऋणपत्रमा बोलपत्र पेश गर्ने आज (मंसिर २६ गते, बिहीबार) अन्तिम दिन हो।

एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१ परिपक्क भएपछि उसले पहिलो पटक मंसिर ५ गते ११ गतेसम्म लिलामी बिक्रीमा ल्याएको थियो। सो अवधिमा एक कित्ताका लागि आवेदन नपरेपछि दोस्रो पटक मूल्य घटाएर बिक्रीमा ल्याएको थियो।

लगानीकर्ताले न्यूनतम १ हजार इकाइ वा सोभन्दा बढी १०० अंकले भाग जाने संख्यामा वा अधिकतम सम्पूर्ण इकाई खरीदका लागि आवेदन बोलपत्र पेश गर्न सक्नेछन्।

एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड–१ ले आफ्नो स्वामित्वमा रहेका ११% एनआईसी एसिया डिबेञ्चर २०८२/८३ को ६० हजार इकाई न्यूनतम १००१ रुपैयाँ, १०.५% एसबीएल डिबेञ्चर २०८२ को ५० हजार इकाई न्यूनतम ९७५ रुपैयाँ, १०% सानिमा डिबेञ्चर २०८५ को ५० हजार इकाई न्यूनतम ९६३ रुपैयाँ, ८% बीओके डिबेञ्चर २०७९ को १० हजार इकाई न्यूनतम ९२७ रुपैयाँ, र ८% ईबीएल डिबेञ्चर २०७८ को ४ हजार इकाई न्यूनतम ९३५ रुपैयाँ देखि बढाबढ मूल्यमा खरीद गर्न सक्नेगरि बिक्रीमा ल्याएको हो।

गत कार्तिक २ गते योजनाको अवधि परिपक्क भएपछि इकाईधनीले रकम फिर्ता गर्न फण्डले सो ऋणपत्र बिक्री गर्न लागेको हो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।