एनसीसी बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक

Dec 12, 2019 11:15 AM Merolagani

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (NCCB) ले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। 

बैंकले एक हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याउन लागेको हो। कुल निष्काशनमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने छ भने बाँकी १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्नेछ ।

ऋणपत्र निष्काशन सम्बन्धि सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नबिल इन्भेष्टमेन्ट बैंकिंङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षेर गरे।

बैंकले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुनेगरी वार्षिक साढे १० प्रतिशत ब्याजदरमा “१०.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” निष्काशन गर्नै लागेको हो।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरे पश्चात पछिल्लो समय सबैजसो बैंकहरु ऋणपत्र निष्काशनमा जुटेका छन्।

यद्यपी शेयर जस्तो दोस्रो बजारमा सहजै खरीद बिक्री नहुँदा सर्वसाधारणबाट ऋणपत्रमा उत्साहजनक सहभागिता भने देखिँदैन।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।