फाइनान्सको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले ९.८० प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर सहित) र १.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकको स्वीकृतीपश्चात आगामी वार्षिक साधारण सभाबाट पारित गरी सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।
फाइनान्सले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट २.९० प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो।
गत आर्थिक वर्षको अन्त्यसम्ममा फाइनान्सले १० करोड ८४ लाख ५० हजार खुद नाफा आर्जन गरेको थियो। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५६ पैसा कायम भएको थियो।
हाल फाइनान्सको चुक्ता पूँजी ८० करोड ४० लाख ६० हजार रुपैयाँ रहेको छ। १.७५ प्रतिशत बोनस शेयर वितरणपश्चात फाइनान्सको चुक्ता पूँजी ८१ करोड ८१ लाख ३१ हजार पुग्नेछ।