बजारले सुधारको गति लिन थालेपछि पछिल्लो दुई दिन लगातार दोहोरो अंकको सुधार देखिएको बजारमा दिनदिनै शेयरमूल्य बढ्ने कम्पनी बढ्दै गएका छन्। बिहीबार नेप्सेमा कारोबार भएर शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीहरुमा अधिकांश बीमा कम्पनी रहेका छन् । एघारमध्ये आठ बीमा क्षेत्रका कम्पनीहरु रहेका छन्।
यसदिन एभरेष्ट इन्स्योरेन्स, सूर्या लाइफ, हिमालयन जनरल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स इन्स्योरेन्सको शेयरमूल्य उच्च बढेको छ। यसैगरि हिमालयन उर्जा विकास कम्पनी, आइएमई जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स तथा युनाइटेड इन्स्योरेन्स, नेपाल सेवा लघुवित्त, हिमालयन पावर पार्टनर, र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढीले उकालो लाग्यो ।
यसदिन गुराँस लघुवित्त र साल्ट्र ट्रडिङको शेयर मूल्य सबैभन्दा धेरै ४ प्रतिशत बढीले घटेको छ । युनिलिभर नेपाल, गुहेश्वरी मर्चेन्ट, दिब्यश्वरी हाइड्रोपावर, नेरुडे लघुवित्त, मेरो माइक्रोफाइनान्स, आँधिखोला लघुवित्तको शेयरमूल्य ३ प्रतिशत धेरैले घटेको छ।
यसदिन १६८ कम्पनीको शेयर कारोबारमा आएकोमा ५७ कम्पनीको शेयरमूल्य अवमूलयन भएको छ भने ९५ कम्पनीको शेयरमूल्य उकालो लागेको छ। १६ कम्पनीको शेयरमूल्य स्थीर रह्यो। बिहीबार ११.१७ अंकले बढेर ११७२.२४ बिन्दुमा पु्ुगेको छ। पछिल्ला आठ कारोबार दिनमा मात्रै नेप्से ६१ अंकले उकालो लागिसकेको छ।
मंसिर २६ गते बिहीबार १६८ कम्पनीका २१ लाख २ हजार कित्ता शेयर १० हजार १४६ पटकको कारोबारट ७६ करोड ४० लाख बराबरको शेयर कारोबार भएको छ।