काठमाडौँका सडक कालोपत्र गरिँदै

Dec 12, 2019 06:16 PM RSS

काठमाडौँका बानेश्वर, पुरानो बानेश्वर, नक्साल भगवती, कपनलगायतका क्षेत्रमा सडक कालोपत्र शुरु गरिएको छ।चालू आर्थिक वर्षमा काठमाडौँका धेरै सडकमा कालोपत्रको योजना रहेकामा अधिकांशमा भइरहेको र कतिपयमा ठेक्का सम्झौता भइसकेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ।

यी सडकमध्ये कतिपयमा खाल्डाखुल्डी देखिएकाले र कतिपयमा निर्माणको लामो समय भइसकेकाले कालोपत्र गरिएको कार्यालयका इञ्जिनीयर सुदर्शन कार्कीले बताए।

कार्यालयले नियमित रुपमा खाल्डा देखिएका स्थानमा कालोपत्र गर्ने र सडक मर्मत गरेको लामो समयपछि खाल्डा नभएपनि कालोपत्र थप्ने उनको भनाई छ।

उनले भने, “माइतीघर–तीनकुने सडक कालोपत्र गरेको छ÷सात वर्ष भइसकेकाले अहिले धमाधम कालोपत्र भइरहेको छ।” चालू आवमा सो कार्यालयले आकाशे पुलसमेत निर्माण गरिरहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।