सन् २०१९ लाई विदाई गर्दै दराजको अन्तिम भव्य किनमेल मेला “१२.१२”

Dec 12, 2019 06:39 PM Merolagani

११.११. को भव्य सफलता पछि नेपालको बृहत्तर अनलाइन् शपिङ्ग गन्तव्य, दराजले, वर्षको अन्तिम भव्य किनमेल मेला दराज १२.१२. को घोषणा गरेको छ। दराजको १२.१२.अभियान यही २६ मंसिर देखी पुस २ सम्म लागू हुनेछ ।

यस अभियानद्वारा उपभोक्ताहरुले अन्तर्रािष्ट्रय र स्वदेशी टप ब्राण्डहरुका सरसामानहरुमा ६० प्रतिशत सम्मको भारी छूट, मेगा डिलहरु, क्रेजीभाउचरहरु पाउनुका साथै मिसन १२.१२. र वान रुपी गेम जस्ता नयाँ र रमाइला गेमहरुमा भाग लिनपाई उपहारहरु प्राप्तगर्न सक्नेछन्।

साथै उपभोक्ताहरुले दराजका बैंकिङ्ग पार्टनरहरुको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अन्लाईन पेमेन्ट गर्दा थप २० प्रतिशत अथवा एक हजार ५०० सम्मको छूट पाउनेछन् । 

दराज ११.११. को रेकर्ड तोड्ने सफलताले गर्दा गत नोवेम्बर महिना दराजको लागिएकदमै लाभदायी थियो । दराज ११.११.मा दराजएप र वेबसाइटमा ३.५ लाखभन्दा बढी प्रयोकर्ताहरुको उपस्थिति थियो जुनपोहोर को भन्दा ७५ प्रतिशत बढी हो । यसपाली को ११.११ मा ३००० भन्दा बढी बिक्रेता थिए र ५० हजार भन्दा बढी उपभोक्ता थिए । साथै दराजले २४ भन्दा बढी सहरहरु मा १.५ लाखभन्दा बढी सामानहरुको व्यापार गराउन सफल भयो ।

दराज नेपालका प्रबन्धनिर्देशक लिनो अलरिंग भन्छन्। “दराज ११.११. को रेकर्ड तोड्ने सफलता र ब्ल्याकफ्राईडे को थप सफलताले गर्दा गत नोवेम्बर हामी र हाम्रो बिक्रेताहरुको लागि “सुपर नोवेम्बर” नै हुनपुग्यो । त्यसैले हामी यो सफल साल, २०१९, हामीलाई सदैव सपोर्ट गर्नुहुने उपभोक्ताहरुका साथ् भव्यतरिकाले विदाई गर्न चाहान्छौं। र खास गरि ११.११. को फाईदा उठाउन नपाउनुभएकाहरुलाई भनिहामीले यस ग्रान्ड अभियानमाथपनयाँ डिलहरु लिएर आएका छौँ ।”

दराज सधैं आफ्नो उपभोक्ताहरुलाई कुनै पनि सामान किन्नु अघि बिक्रेता तथा सामानले पाएका प्रतिक्रिया तथा रेटिङ्गहरु हेर्न सुझाव दिने गर्दछ । यदि सामानको बारेमा थप जानकारी चाहिए बिक्रेतासँग प्रतक्ष्य च्याट पनि गर्न सकिन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।