पुवाखोला वान हाइड्रोको साधारण सभा

Dec 13, 2019 09:41 AM Merolagani

पुवाखोला वान हाइड्रोपावर लिमिटेडले पुस १९ गते शनिबार दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले इन्द्रेणी ब्याङ्क्वेट नयाँ बानेश्वरमा बिहान ११ बजे सभा डाकेको हो।

सभामा आयु मलुन जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र आयु मलुन हाइड्रोपावर प्रा.लि. को नाउँमा अनुमतिपत्र जारी गर्ने विशेष प्रस्ताव रहेको छ । 

आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान हिसाब, वासलात, लेखापरिक्षणको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, सञ्चालक समितिको निर्णय तथा कामकारवाही अनुमोदन गर्ने, लेखा परिक्षक नियुक्ती र पारिश्रमिक निर्धारण लगायतका एजेण रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।