विभागले मूल्य अभिवृद्धि करका झुट्टा तथा नक्कली विजकको प्रयोग गरी २ करोड ७९ लाख ७९ हजार १९५ रुपैयाँ कर छली गरेको आरोपमा उक्त रकम बराबरको विगो दाबी गरी विगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजायको माग गर्दै एस एण्ड एस अफसेट प्रेसका प्रोप्राईटर रामशरण गौतम उपर मुद्दा दायर गरेको हो।
त्यसैगरी भन्सार चोरी पैठारी गर्ने व्यक्तिहरु उपर विगो गाडी जफत गरी नुवाकोटका सन्त वहादुर ओझा समेत ६ जनालाई १ करोड ७२ लाख विगो कायम मुद्दा दायर गरेको छ भने नुवाकोट कै रन्जिप श्रेष्ठ समेतका ५ जनालाई १ करोड ६३ लाख विगो कायम गरी काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
विभागले उनीहरु उपर कूल ६ करोड १४ लाख विगो दाबी गरी मुद्दा दायर गरेको हो।