सुनको भाउ फेरि घट्यो, चाँदीको स्थीर

Dec 13, 2019 11:47 AM Merolagani

सुनको भाउ मंसिर २७ गते शुक्रबार फेरि घटेको छ। गत एक सातादेखि लगातार घटेर बिहीबार केही बढेको सुनको भाउ शुक्रबार फेरि घटेको हो। 

यस दिन सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७० हजार ८०० रुपैयाँ र तेजाब सुन प्रतितोला ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन सुन तोलामा ४०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७१ हजार २०० र तेजाबी सुन प्रतितोला ७० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार सुनको भाउ घटेपनि चाँदीको भने स्थीर रहेको छ। यस दिन चाँदी प्रतितोला ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।