अमेरिका-चीनबीच १७ महिनादेखि जारी व्यापार युद्ध रोकिने संकेत, चिनीयाँ सामानमा शुल्क लगाउने निर्णय स्थगित

Dec 13, 2019 01:17 PM Agency

अमेरिका र चीनका बीच पहिलो चरणको व्यापार वार्तामा सहमति भएको छ। योसँगै दुई देशका बीच पछिल्लो १७ महिनादेखि जारी व्यापार युद्ध पनि तत्कालका लागि रोकिने संकेत देखिएको बताइएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सहमतिमा हस्ताक्षर गरिसकेको तर आधिकारी घोषणा हुन भने बाँकी नै रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

सम्झौता अनुसार, १६० अर्ब डलरको चिनीयाँ आयातित सामानमा अमेरिकी शुल्क वृद्धि स्थगित भएको छ। अमेरिकाले चिनियाँ सामानमाथि डिसेम्बर १५ देखि तय गरेको अतिरिक्त भन्सार शुल्क बढाउने निर्णय स्थगित हुनेछ।

यसअघि अमेरिकाले १ खर्ब ६० अर्ब डलरका चिनियाँ सामानमा डिसेम्बर १५ देखि अतिरिक्त शुल्क लगाउने घोषणा गरेको थियो। यो चरणको शुल्क वृद्धिमा स्मार्टफोन तथा खेलौनाजस्ता सामग्रीहरू पनि शामिल छन्।

दुई मुलुकबीचको व्यापार सम्झौताको लागि तोकिएको समय निरन्तर सर्दै आएको भए पनि व्यापार वार्ता नरोक्ने पक्षमा यी दुई मुलुक देखिएका हुन्।

अमेरिकाले चीनबाट आयात हुने सामानमा पहिलेदेखि नै लगाइएको केही शुल्कमा ५० प्रतिशत कटौती पनि गर्ने बताइएको छ। सम्झौता अनुसार चीनले अमेरिकी कृषि उत्पादनमा शुल्क घटाएर खरीद बढाउने पक्षमा सहमत भएको छ।

अमेरिकाले २ खर्ब ५० अर्ब डलरका चिनियाँ सामग्रीमा २५ प्रतिशत भन्सार र १ खर्ब १० अर्ब डलरका सामग्रीमा १५ प्रतिशत शुल्क लगाउँदै आएको छ। अहिले दुई देशबीच जारी वार्ता भन्सार शुल्क घटाउनेमा केन्द्रित रहेको बताइएको छ।

-एजेन्सी

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।