बेलायतमा कन्जरभेटिव पार्टीलाई बहुमत आएसँगै ब्रेक्जिट पक्का, ईयूबाट अर्को महिना बाहिरिने

Dec 13, 2019 02:27 PM Agency

बेलायतमा भएको आम निर्वाचनमा कन्जरभेटिव पार्टीले ऐतिहासिक जीत हासिल गरेको छ। विपक्षी लेबर पार्टीलाई हराउँदै प्रधानमन्त्री बोरिस जोनसनको पार्टीले बहुमत हासिल गरेको हो। 

पर्याप्त बहुमतसहित जोनसन अर्काे कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएपछि युरोपेली युनियनबाट बेलायत बाहिरिने पक्का भएको छ।

नतिजा घोषणा भएसँगै प्रधानमन्त्री जोनसनले नयाँ जनादेश मिलेको र आफूले बेलायतलाई आगामी महिना यूरोपेली संघबाट बाहिर ल्याउने ब्रेजिक्ट डील लागू गर्नसक्ने र बेलायतलाई एकजुट गर्न सक्ने बताएका छन् ।

६५० वटा सीट रहेको संसदमा कन्जरभेटिभ पार्टीले बहुमतका लागि आवश्यक ३२६ सीटको आँकडा पार गरेको छ भने करिब ३६४ सिट जित्ने देखिएको छ । लेबरले २०३ र एसएनपीले ४८ लिबरल डेमोक्रेट्सले १२ सिट जितेका छन् ।

कन्जरभेटिव पार्टीका लागि यो सन् १९८७ मा मार्गरेट थ्याचरले हासिल गरेको विजयपछिको सबैभन्दा ठूलो सफलता हो ।

 

निर्वाचनमा पार्टी हारेपछि विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले अर्काे चुनावको नेतृत्व आफूले नगर्ने घोषणा गरेका छन् । यद्यपि आफू केही समय पार्टी नेतृत्वमा रहने उनले बताएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।