बैंकको विद्यापति चोक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक जनकपुर शाखाका निर्देशक हेम प्रसाद न्यौपानेबाट र जनकपुर शाखाको उद्घाटन जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार शाहबाट भएको थियो।
बैंकले विद्यापति चोक शाखा गत २०७५ फाल्गुण २२ गते र जनकपुर शाखा २०७५ चैत्र १७ गतेदेखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो।
बैंकले हाल देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९४ एटीएम र एक हजार ६०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।