पूँजी बजारमा सुधार आएसँगै साढे २५ अर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति

Dec 14, 2019 08:05 AM Merolagani

पूँजी बजारमा निरन्तर सुधार देखिएसँगै शेयर बजारमा सर्व-साधारणको लगानी मापन गर्ने समग्र बजार पूँजीकरण समेत बढ्दै गएको छ। पाँचै दिन खुलेको यस साताको बजारमा नेप्से ४०.७२ अंकले सुधार भएसँगै पूँजीकरण १.८१ प्रतिशतले सुधार भएको हो।

पूँजी बजारमा सुधार आएपछि यस साता मात्रै पूँजीकरण २५ अर्ब ५५ करोड रुपैयाँले बढेको छ। गत साता १४ खर्ब ११ अर्ब रुपैयाँ रहेको पूँजीकरण यस सातामा १.८१ प्रतिशतले बढेर १४ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँमा पुगेको हो।

साताको पहिलो दिन आइतबार ११३१.९२ अंकमा खुलेको नेप्से निरन्तर बढ्दै बिहीबार ११७२.६४ बिन्दुमा पुगेर बन्द भएको हो।

यस साता ४५ लाख ९७ हजार ८६० कित्ता शेयर किनबेच भएर एक अर्ब ३७ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो रकम गत साताको तुलनामा ३.८९ प्रतिशतले बढी हो । गत साता एक अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको थियो।

नेपाल दुरसञ्चार कम्पनी, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एनएमबी बैंक, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एनआईसी एशिया बैंक र कृषि विकास बैंक शिर्ष दश ठूलो पूँजीकरण भएको कम्पनीमा समेटिएका छन्।

सातामा एनएमबी बैंकको उच्च करोबार भएको छ । बैंकको १३ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै डिप्रोक्स लघुवित्त र नेपाल बैंकको ९ करोड रुपैयाँ बराबरको कारोबार हुदाँ माछापुच्छ्रे बैंक, स्वलम्बन लघुवित्तको संस्थापक शेयर र नेपाल लाइफको ८ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

नेपाल बंगलदेश बैंक, प्रभु बैंक, लुम्बिनी विकास बैंक र स्वभलम्बन लघुवित्तको साधारण शेयर ५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

 

यस साता माच्छापुच्छ्रे बैंकको सबैभन्दा धेरै ४ लाख ७ हजार कित्ता शेयर किनबेच भएका छन्। यस्तौ एनएमबी बैंकको ३ लाख ५५ हजार, नेपाल बैंकको २ लाख ९३ हजार, लुम्बिनी विकास बैंकको २ लाख ९० हजार र प्रभु बैंकको २ लाख ४५ हजार कित्ता शेयर कारोबार भएको छ। यस्तै कारोबार संख्याको आधारमा सिभिल बैंक, मुक्तिनाथ विकास बैंक, अपि पावर, नेपाल बंगलादेश बैंक, कृषि विकास बैंकका शेयर धेरै पटक कारोबारभई शिर्ष १० मा परेका छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।