आरएमडीसी लघुवित्तको साधारण सभा आह्वान, के-के छन् मुख्य एजेण्डा ?

Dec 13, 2019 04:17 PM Merolagani

आरएमडिसी लघुवित्त वित्तीय संस्था (RMDC) ले पुस २३ गते बिहान ११ बजे अमृतभोग पार्टी प्यालेस, कालिकास्थान, डिल्लीबजारमा २१ औं वार्षिक साधारण सभा बोलाएको छ।

लघुवित्तको २१ औं वार्षिक साधारण सभाले कार्तिक ६ गते बसेको सञ्चालक समिति बैठकले प्रस्ताव गरेको चुक्ता पूँजी ७९ करोड ९३ लाख ९८ हजार ६०० रुपैयाँको १२.५० प्रतिशत बराबरको ९ करोड ९९ लाख २४ लाख २४ हजार ८२५ रुपैयाँ बोनस शेयर र १२.५० प्रतिशत बराबरकै ९ करोड ९९ लाख २४ लाख २४ हजार ८२५ रुपैयाँ नगद लाभांश गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गर्ने विशेष एजेण्डा रहेको छ।

यसैगरि सभाले बोनस शेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने तथा नियमनकारी निकायबाट आउने निर्देशन अनुसार संसोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने मुख्य एजेण्डा रहेको छ।

यसैगरि आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाह उपर छलफल गरि पारित गर्ने तथा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारण सभामा रहेको छ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि आरएमडीसीले पुस ११ गतेदेखि पुस २३ गतेसम्म शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । यसअनुसार पुस १० गतेसम्म नेप्सेमा शेयर खरीद गरि शेयरधनी कायम रहेका लगानीकर्ताले मात्र प्रस्तावित लाभांश पाउनुका साथै सभामा प्रतिनिधित्व जनाउन सक्नेछन्।

हाल ७९ करोड ९३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस पश्चात पूँजी ८९ करोड ९३ लाख रुपैयाँ पुग्नेछ। चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनीले ७ करोड ३५ लाख ७ हजार रुपैयाँ कमाएर वार्षिक प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ७८ पैसा कायम गरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।