सातामा नयाँ नेपाल लघुवित्तका शेयरधनीले सर्वाधिक कमाउँदा युनिलिभरका लगानीकर्ताले गुमाए

Dec 14, 2019 08:04 AM Merolagani

निरन्तर घटीरहेको नेप्से लगातार आठौं दिन बढेर बुलिस प्रवृत्ति समात्दा यस साता अधिकांश कम्पनीका शेयरमा लगानी गरेका लगानीकर्ताले मुनाफा आर्जन गरेका छन्। जसमा नयाँ नेपाल लघुवित्तको शेयरमा लगानीकर्ताले सर्वाधिक कमाउँदा युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले भने गुमाएका छन् ।

साताभरीमा नयाँ नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक ३१.९८ प्रतिशतले बढेको छ। गत बिहीबार (मंसिर १९ गते) ४९४ रुपैयाँमा शेयर कारोबार बन्द भएको यस कम्पनीको शेयरमूल्य एक सातामा प्रतिकित्ता १५८ रुपैयाँले बढेर ६५२ रुपैयाँ पुगेको हो ।

लघुवित्त कम्पनीहरुमा सबैभन्दा थोरै (२.६३) लाभांश वितरण गर्ने प्रस्ताव गरेको नेपाल सेवा लघुवित्तको शेयरमूल्य पनि यस साता १०० रुपैयाँ अर्थात ३० प्रतिशतले बढेको छ।

यसैगरि सर्पोट माइक्रोफाइनान्स २४.७३ प्रतिशत, एभरेष्ट इन्स्योरेन्स २२.३२ प्रतिशत, डिप्रोक्स लघुवित्त २२.२८ प्रतिशत, गुँरास लाईफ इन्स्योरेन्स २२.११ प्रतिशत, युनाइटेड इन्स्योरेन्स २०.६० प्रतिशत, हिमालयन पावर पार्टनर २०.१५, सगरमाथा इन्स्योरेन्स १८.९५ प्रतिशत र प्रडेन्सियल इन्स्योरेन्सको १८.९२ प्रतिशतले बढेको छ।

उता युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्य एक सातामा ७.७४ प्रतिशत अर्थात एक हजार ४७१ रुपैयाँले घटेको छ। गत बिहीबार (मंसिर १९ गते) १९ हजार १३ रुपैयाँमा शेयर कारोबार बन्द भएको यस कम्पनीको शेयरमूल्य एक सातामा प्रतिकित्ता एक हजार ४७१ रुपैयाँले घटेर १७ हजार ५४२ रुपैयाँमा झरेको हो ।

यसैगरि नबिल इक्वीछी फण्डको इकाईमूल्य ४.३९ प्रतिशत, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड ३.८४ प्रतिशत, सानिमा इक्वीटी फण्ड ३.४५ प्रतिशत,, नेपाल बंगलादेश बैंकको शेयरमूल्य ३ प्रतिशत, सिभिल बैंक २.१४ प्रतिशत, प्रोगेशिभ फाइनान्स २.०८, ग्लोब आईएमई समुन्नत स्कीमको इकाईमूल्य १.५६ प्रतिशत, र शिबम् सिमेन्टको शेयरमूल्य १.३० प्रतिशतले घटेको छ।

सातामा नेप्से सूचक ४०.७२ अंकले बढ्दा ११७२.६४ बिन्दुमा पुगेर बन्द भएको छ।। यस्तै लगानीकर्ताको सम्पत्ति मापक सूचक समग्र बजार पूँजीकरण २५ अर्ब ५५ करोड रुपैयाँले बढेर १४ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँमा पुगेको छ। गत साता समग्र बजार पूँजीकरण १४ खर्ब ११ अर्ब रुपैयाँ रहेकोमा १.८१ प्रतिशतले बढेको हो।

यस साता ४५ लाख ९७ हजार ८६० कित्ता शेयर किनबेच भएर एक अर्ब ३७ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यो रकम गत साताको तुलनामा ३.८९ प्रतिशतले बढी हो। गत साता एक अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको थियो।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।