सामाजिक सुरक्षा कोषले वाणिज्य बैंकको मुद्दती खातामा निक्षेप राख्ने

Dec 13, 2019 06:52 PM Merolagani

सामाजिक सुरक्षा कोषले काेषकाे विशेष खातामा रहेको रकम वाणिज्य बैंकको मुद्दती खातामा निक्षेप राख्ने भएकाे छ।

कोषले २ अर्ब ७७ करोड ३७ लाख रुपैयाँ बराबरको रकम एक वर्षे मुद्दती खातामा राख्न राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुलाई सिलबन्दी दरभाउपत्र बुझाउन आह्वान गरेको छ । 

इच्छुक तथा योग्य बाणिज्य बैंकले कोषबाट आफुले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर सिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम भरेर आवेदन दिनु पर्नेछ। मंसिर २९ गते दिउसो २ बजे भित्र कोष कार्यालय बबरमहल, काठमाडौंमा पुग्ने गरी आवेदन दिन कोषले सूचित गरेको छ ।

 

 

शिलबन्दी बोलपत्र पेश गर्दा सम्बन्धित बैंकको चुक्ता पूँजी पुगेको, पूँजी कोष अनुपात कायम गरेको, निष्कृष्य कर्जा, खुद तरलता सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत भएको, सिसिडी रेसियो, तरल सम्पत्ति स्वदेशी मुद्रा निक्षेप कम्तिमा २० प्रतिशत भएको लगायतका शर्त कोषले राखेको छ।

कोषले योगदानकर्ताहरुबाट जम्मा भएकाे रकम भने लगानी कार्यविधी छलफलको क्रममा रहेकोले तत्काल लगानी गर्ने छैन् । कोषले योगदानकर्ताहरुबाट हालसम्म २७ करोड १० लाख रुपैयाँ रकम संकलन गरेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।