साढे १० करोड भ्रष्टाचार गर्ने भन्सार अधिकृत सहित ५ जना विरुद्ध मुद्दा

Dec 13, 2019 06:00 PM merolagani

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अबैध रुपमा सम्पति आर्जन गरेको आरोपमा तातोपानी भन्सार कार्यलयका अधिकृतसहित ५ जना उपर मुद्दा दायर गरेको छ। 

तातोपानी भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतको रुपमा कार्यरत कृष्णबहादुर बस्नेतले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी उनका जेठान नबिनकुमार गौली लगायतका आफन्तको नाममा समेत लुकाई राखेकाले उनीहरुउपर मुद्दा दायर गरेको  अख्तियारले जनाएकाे छ।

बस्नेतले सार्वजानिक सेवामा प्रवेश गरेदेखि हालसम्म १ करोड ७८ लाख २० हजार ९७५ आम्दानी गरेको र  सोही अवधिमा ३ करोड १३ लाख ५९ हजार ७९३ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएकाले १ करोड ३५ लाख ३८ हजार ८१७ रुपैयाँको स्रोत खुल्न नसकेको देखिएको छ।

बस्नेतले प्रमुख भन्सार अधिकृतको रुपमा कार्यरत रहँदा बिदेशबाट नेपाल आयात गर्ने सामानहरुको भन्सार छुटाउँदा बिभिन्न ब्यापारी, क्यारिङ्ग ब्यबसायी एवं भन्सार एजेन्टहरुसँग गैरकानूनी रुपमा घुस लिई जेठान नबिनकुमार गौलीले प्राप्त गर्ने गरी आफ्नो र परिवारको सदस्यहरुको बैंक खातामा ९ करोड २१ लख ५२ हजार ७९२ रुपैयाँ जम्मा गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जम्मा गरिएका कतिपय रकमहरु बस्नेतले विभिन्न व्यक्ति तथा कम्पनीमा नगदै बुझाउने र लुकाउने उद्देश्यले कम्पनीकै नामको बैंकको चेक एवं कम्पनीमा कार्यरत कर्मचारीमार्फत समेत नबिनकुमार गौलीले प्राप्त गर्ने गरी चेक तथा नगद जम्मा गर्ने गरेको आयोगले जनाएको छ।

नबिनकुमार गौलीले बस्नेत बिराटनगर भन्सार कार्यालयमा कार्यरत रहँदाको अबधिमा खाँदबारी बजार र आसपास क्षेत्रमा करिब १०० रोपनी जग्गा खरिद गरेको, खाँदबारीमा नै करिब १० करोडको लागतमा आरती होटल निर्माण गरेको, उनकाे नामबाट अर्बिट इनर्जी प्रा.लि. मा २ करोडभन्दा बढी लगानी गरेको पाइएको छ।

यसरी गरिएको लगानी रकम गौलीको ऋण, कृषि आय, जग्गा बिक्री समेतका विभिन्न शीर्षकबाट प्राप्त आयको तुलनामा अस्वाभाविक रुपमा बढी रहेको छ।

अख्तियारले बस्नेतले गैरकानूनी रुपमा १० करोड ५६ लाख ९१ हजार ६०९ रुपैयाँ आर्जन गरेको देखिएकोले उक्त रकम बराबरको विगो जारी गरी मुद्दा दायर गरेको हो।

त्यसैगरी आयोगले गैरकानूनी आर्जनको सम्पत्ति लुकाई छिपाई राख्ने कार्यमा संलग्न रहेको आरोपमा जेठान नबिनकुमार गौली, श्रीमती सबिता गौली बस्नेत , नबिनकुमार गौलीकी श्रीमती सकुन्तला गौली र छोरा शुलभ गौलीसमेतलाई प्रतिबादी बनाई आरोपपत्र दायर गरेको छ।

आयोगले बस्नेतलाई १० करोड ५६ लाख,  नबिनकुमार गौलीलाई नौ करोड २१ लाख विगो जारी गरी मुद्दा दायर गरेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।