दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 15, 2019 07:58 AM Merolagani

कामना सेवा विकास बैंक र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्न मंसिर २९ गते आइतबार (आज) अन्तिम दिन हो।

यी दुबै कम्पनीहरुले साधारण सभा तथा लभांश वितरण प्रयोजनको लागि मंसिर ३० गते सोमबार बुकक्लोज गर्नेछ। यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले दुबै कम्पनीको लाभांश प्राप्त गर्न तथा साधारण सभामा भाग लिन पाउनेछन्।

कामना सेवा (KSBBL) ले पुस १७ गते १३ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सो सभा अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६.८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथाव एक्वीजीशनका लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

बैंकको शेयर गत साताको अन्तिम कारोबार दिन १३८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

निर्धन उत्थान (NUBL) ले लाभांश पारित गर्न पुस १३ गते एक्काइसौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सो सभा सेलिब्रेसन ब्याङ्क्वेट पार्टी प्यालेस, नक्सालमा बिहान साढे १० बजे सुरु हुनेछ।

सो सभाले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर, बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित १५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिका सदस्यहरुको मनोनयन अथवा नियुक्ति अनुमोदन गर्ने प्रस्तावहरु पारित गर्नेछ।

हाल एक अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको प्रस्तावित ३० प्रतिशत बोनस वितरण पश्चत एक अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।

गत साताको बिहीबार लघुवित्तको शेयर दोस्रो बजारमा ९९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।